फिफा विश्वकप २०२२ छनाेटकाे तयारीमा रहेकाे नेपाललाई मैत्रीपूर्ण खेलमा साेमबार मलेसियाकाे सुपरलिग च्याम्पियन क्लब जाेहाेर दारुलले १–० ले पराजित गरेकाे छ।
भदौ १९ मा कुवेतविरुद् हुने खेलकाे तयारीमा रहेको नेपाली टिम हाल मलेसियामा छ। नियमित कप्तान विराज मजर्हनको ठाउँमा सुजल श्रेष्ठको कप्तानीमा उत्रिएकाे नेपालले खेल सुरु भएकाे दाेस्राे मिनेटमै गाेल खाएकाे थियाे।
सुमन अर्यालकाे फलमा फ्रिकिककाे अवसर पाएकाे मलेसियन क्लबका लागि निकोलस अबर्टोले गोल गरेका थिए।
याे पनि हेर्नुहाेस।