वेष्ट इन्डिजका ८५ वर्षीय क्रिकेटर, ७ हजार विकेट लिएपछि सन्यासको तयारीमा

Agency

सामान्यतय एक क्रिकेटरको भविष्य ३५–४० वर्षको मानिन्छ। तर, के तपाईलाई थाहा छ, वेष्ट इन्डिजमा एउट यस्ता क्रिकेटर थिए, जो ८५ वर्षको उमेरमा पनि क्रिकेटर खेलिरहेका थिए। 

यसको खुलासा भर्खरै भएको छ। त्यो पनि जब उनले दुई सातापछि सक्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेपछि।

बेलायतबाट सार्वजनिक हुने ‘डेली मिरर’ पत्रिकाका अनुसार वेष्ट इन्डिजका सेसिल राइट ८५ वर्षको उमेरमा क्रिकेटबाट सन्यास लिदैंछन्।

जमैकाका यी स्थायी वासिन्दाले वेष्ट इन्डिज क्रिकेटका हस्ती ग्यारी सोबर्सदेखि वेस हलसँग सम्म खेल्न भ्याएका छन्। उनले यी दिग्गज समावेश बारबोडसविरूद्ध पहिलो श्रेणीको क्रिकेट सन् १९५८ मा खेलेका थिए।

यसपछि उनी इंग्ल्यान्ड भाँसिए। उनले सेन्ट्रल लंकाशर लिगमा क्रोम्पटनबाट व्यवसायिक क्रिकेटको सुरुवात गरेका थिए। राइटले भिभियन रिचर्डस र जोएल गार्नरजस्ता दिग्गजसँग पनि खेल्ने अवसर पाएका थिए।

याे पनि।

१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

तीब्र बलिङ गर्न माहिर राइटले ६० वर्ष लामो सक्रिय क्रिकेट करिअरमा ७ हजारभन्दा बढी विकेट लिएका छन्। उनले ‘डेली मिरर’ सँग भने, ‘मेरो करिअर यति लामो कसरी भयो, मसँगै उत्तर छैन।’

उनले आफूले २० लाख खेल खेलेको अनुमान गरेका छन्। राइटले आफ्नो फिटनेशको श्रेय लंकाशरको पारम्परिक भोजनलाई दिए।

उनले मधपान नगर्ने आफ्नो बानीका कारण फिटनेश राम्रो भएको दावी गरे। ‘म कहिले काहीँ बियर पिउँथे। त्यसबाहेक अरु छोएको छैन,’ उनले भने। उनी ७ सेप्टेम्बरमा अन्तिम खेल खेल्ने तयारीमा छन्। उनी पेन्निने लिगमा अपरमिलबाट स्प्रिङहेडविरूद्ध मैदानमा उत्रिँदैछन्।

याे पनि।

भाइरल हुने बहानामा लोकप्रियता हराउँदै गयोः गायक शिरिष देवकोटा

मानवीय संवेदना भएको रोबोट अन्तरिक्षमा, जसको इन्स्टा र ट्वीटर अकाउन्ट पनि छ

बंगलादेशमाथि नेपालको शानदार जित, फाइनल पुग्ने सम्भावना बलियो

हङकङका क्रिकेटर इरफान र नदीमलाई आजीवन प्रतिबन्ध, हसिब अमजदलाई ५ वर्षे प्रतिबन्ध

प्रकाशित मिति: : 2019-08-27 23:34:38

प्रतिकृया दिनुहोस्