भारतका एक अभागी अलराउन्डर

Agency

यो सुन्दा धेरैलाई पत्यार नलाग्न सक्ला! भारतमा एक जना यस्ता अलराउन्डर छन्, जसले घरेलु क्रिकेटमा ६ हजारभन्दा बढी रन र ३ सयभन्दा बढी विकेट लिइसकेका छन्। तर उनी अहिलेसम्म भारतको राष्ट्रिय टोलीमा अटाउन सकेका छैनन्।

जलज सक्सेना (३२), भारतीय क्रिकेटका यस्ता अभागी क्रिकेटर हुन्। जसले कपिल देव, लाला अमरनाथ र पाली उमरिगर जस्ता भारतीय क्रिकेटका महान खेलाडीहरूको कीर्तिमानलाई बराबरी गरिसकेका छन्।

जलजले १ सय १३ पहिलो श्रेणी क्रिकेटमा ६ हजार ४४ रन र ३ सय ५ विकेट लिइसकेका छन्। करिब एक दशकदेखि घरेलु क्रिकेटमा सक्रिय उनले यो उपलब्धी हालै दलीप ट्रफीअन्तर्गत इन्डिया ब्लु र इन्डिया रेडबीच भएको खेलमा हात पारेका हुन्।

याे पनि पढ्नुहाेस।

खारापानीमा कम्मर मर्काउँदा...

कतारमा नेपालीको निधनः दुर्घटना कि ‘नेचुरल डेथ’ ?

भाइरल हुने बहानामा लोकप्रियता हराउँदै गयोः गायक शिरिष देवकोटा

भारतबाट प्रकाशित हुने एक वेभसाइटलाई दिएको अन्तर्वार्तामा जलजले भनेका छन्, ‘मलाई थाहा छ, मैले ३ सय विकेट प्राप्त गरिसकेको छु। तर, मैले अझै बुझन सकिरहेको छुइन, यी लिजेन्ड क्रिकेटरमा म मात्र राष्ट्रिय टिममा समावेश कसरी हुन सकिन? कपिल, लाला र उमरिगर जस्ता महान खेलाडी समावेश भएको एलिट क्लबमा आफू पनि समावेश हुँदा मलाई गर्व लागेको छ।’

आइपिएलको २०१९ को सिजनमा दिल्ली क्यापिटलले जलजलाई २० लाख रुपैयाँमा खरिद गरेको थियो। यस अघि उनी मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्समा समावेश थिए। रमाइलो कुरा, यी सबै टिममा समावेश हुँदा पनि उनलाई खेल्ने मौका जुरेको छैन।

घरेलु क्रिकेटमा उनको नाममा एउटै खेलमा ८ विकेट लिने र सतक बनाउने कीर्तिमान पनि छ। उनले यो उपलब्धी दुई पल्ट चुमेका थिए।

याे पनि हेर्नुहाेस।

१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

प्रकाशित मिति: : 2019-08-29 16:43:26

प्रतिकृया दिनुहोस्