दक्षिण अफ्रिकाविरूद्ध अघिल्लो महिनादेखि सुरु हुने टि–२० शृंखलाबाट पूर्व कप्तान महेन्द्रसिंह धोनीको नाम काटिएको छ।
भारतीय क्रिकेट बोर्डले बिहीबार सार्वजनिक गरेको नाममा धोनीलाई टिममा समावेश गरिएको छैन।
भारतले अफ्रिकासँग ३ वटा टि–२० को शृंखला खेल्दैँछ। टिममा हार्दिक पाण्ड्या फर्किएका छन्। जसप्रीत बुमराहलाई पनि विश्राम दिइएको छ।
धोनी पहिलो पल्ट लगातार दुई वटा शृंखलामा भारतीय टोलीबाट बाहिर रहेका हुन्। उनी वेष्ट इन्डिज भ्रमणमा पनि समावेश छैनन्।
याे पनि पढ्नुहाेस।
धोनीको स्थानमा ऋषभ पन्तलाई नै विकेटकिपर छानिएको छ।
भारतीय टोलीः
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), केएल राहुल, शिखर धवन, श्रेयस अय्यर, मनिष पाण्डेय, ऋषभ पन्त (विकेटकिपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, कुनाल पाण्ड्या,वासिङ्टन सुन्दर, राहुल चहर, खलिल अहमद, दीपक चहर, नवदीप सैनी।
याे पनि