इंग्लिस प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रा कायम राखेको छ ।
शनिबार राति भएको खेलमा बर्नलीलाई ३-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो ।
लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । बर्नलीका क्रिस वुडले आत्मघाती गोल गरेका थिए ।
आत्मघाती गोलबाट अग्रता बनाएको लिभरपुलले खेलको ३३ औं मिनेटमा वुडले उपहार गोल दिएका थिए।
३७ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २-० ले अघि बढाए।
दोस्रो हाफमा लिभरपुलले थप एक गोल गर्यो। खेलको ८० औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए।
यो जितसँगै लिभरपुलले लिगमा ४ खेलबाट १२ अंक जोडेको छ। र, लिभरपुल शीर्ष स्थानमा रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २ अंकले अघि रहेको छ ।
पराजित बर्नली ४ खेलबाट ४ अंक जोडेर लिगको ११ औं स्थानमा छ ।