भारतीय अलराउन्डर हनुमा विहारीले वेष्ट इन्डिजविरूद्ध दोस्रो टेस्टमा जीवनकै पहिलो सतक प्रहार गरेका छन्। उनले जमैकामा भएको खेलमा २ सय २५ बलमा १६ चौकाको सहयोगले १ सय ११ रन बनाए।
हनुमाले छैटौं टेस्टमा सतक पुरा गरेका हुन्। उनी एन्टिगुआमा भएको पहिलो टेस्टमा सतक बनाउनबाट चुकेका थिए।
याे पनि पढ्नुहाेस।
उनले टेस्ट क्रिकेटमा आफ्नो पहिलो सतकलाई बुवाको नाममा समर्पीत गरेका छन्। १२ वर्षको उमेरमा हनुमाले आफ्नो बुवालाई गुमाएका थिए। ‘१२ वर्षको उमेरमा मैले बुवालाई गुमाए। यति बेला नै मैले अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अठोट गरेको थिए। आजको दिन मेरो लागि भावनाले भरिएको छ। म यो सतक बुवालाई समर्पण गर्न चाहन्छु’, उनले भने।
२५ वर्षीय हनुमाले पहिलो दिन ४२ रन बनाएका थिए। उनले पुछारका ब्याट्सम्यानसँग ब्याटिङ गर्दै सतक बनाएका हुन्। ऋषभ पन्त र रवीन्द्र जडेजा छिट्टै आउट भइसकेको अवस्थामा हुनमाले इशान्त शर्मासँग मिलेर १ सय १२ रनको साझेदारी गरेका थिए। इशान्तले ५७ रन बनाए। भारतले पहिलो इनिङमा ४ सय १६ रन बनाएको थियो।
याे पनि हेर्नुहाेस।