एक वर्ष प्रतिबन्ध भोगेका अस्ट्रेलियाका पूर्व कप्तान तथा ब्याट्सम्यान स्टिभ स्मिथ १३ महिनापछि पुनः टेस्ट क्रिकेटको नम्बर एक ब्याट्सम्यान बन्न सफल भएका छन्। उनले भारतीय कप्तान विराट कोहलीलाई पछाडि छोड्ने क्रममा नम्बर एक भएका हुन्।
वेष्ट इन्डिजविरूद्ध दोस्रो टेस्टको दोस्रो इनिङमा विराट शुन्यमा आउट भएका थिए। जसको घाटा वरियतामा उनले भोग्नु पर्यो। उनी दोस्रो नम्बरमा झरेका छन्।
याे पनि हेर्नुहाेस।
दुबै ब्याट्सम्यानबीच अंक तालिकामा एक अंकको मात्र तलमाथी छ। स्मिथले ९ सय ४ र विराटले ९ सय ३ अंक बटुलेका छन्।
भारतका अजिंक्य रहाणेले सातौं स्थानमा आफूलाई समावेश गराएका छन्।
भारतीय बलर जसप्रीत बुमराह तेस्रो नम्बरमा पुगेका छन्। वेष्ट इन्डिजका कप्तान जेसन होल्डर सातौंबाट पाँचौं नम्बरमा पुगेका छन्।