मध्यपूर्वकाे कला तथा संस्कृतिकाे प्रतिनिधित्व हुने गरी बनाइएकाे लाेगाेकाे अनावरण गर्दै कतारले सन् २०२२ मा आयाेजना हुने फिफा विश्वकपकाे आधिकारीक लाेगाे सार्वजनिक गरेकाे छ।
लाेगोले कतार विश्वकपमार्फत विश्वलाई कसरी समेट्न लागिएकाे छ भनेर देखाउँन खाेजिएकाे छ। लोगोमा मध्यपूर्वको मरुभूमी, यहाँ रहेका आठ देश र विश्व कप हुने आठ वटा रंगशालाकाे पनि प्रतिनिधित्व हुने गरी लोगो निर्माण गरिएकाे छ। कतारले आफ्नाे स्वतन्त्रता दिवसको अवसरमा लोगो सार्वजनिक गरेकाे हाे।
कतारमा आयाेजना हुन लागेकाे विश्व कपकाे विषयमा अहिले पनि आलाेचना हुने गरेकाे छ। विश्व कपका लागि रंगशाला निर्माण गर्ने क्रममा ४ हजारभन्दा बढी कामदारकाे निधन भएपछि अन्तर्राष्ट्रिय संगठनहरुले कतारकाे आलाेचना गर्दै आइरहेका छन्।
अहिले कतारलाई छिमेकी देशहरुले प्रतिबन्धसमेत लगाएका छन्।
याे पनि हेर्नुहाेस।