सन् २००२ द्क तारमा आयाेजना हुने फिफा विश्व कपअर्न्तगत नेपाल र कुवेतबीच दोस्रो चरणको छनाेट खेल भर्खरै सम्पन्न भएको छ । म्याचमा नेपाल घरेलु टोली कुवेतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको छ ।
कुवेतकाे जाविर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा सम्पन्न म्याचको ५९औं मिनेटसम्मको खेलमा नेपाल ४-० ले पछि परेको थियो । पहिलो हाफको पहिलो १३ मिनेटमा २ गोल खाएको नेपालले दोस्रो हाफको पहिलो १४ मिनेटमा अरू दुई गोल खायो ।
खेलको छैटौ मिनेटमै गोलको खाता खोल़को कुवेतले त्यसको सात मिनेट नबित्दै अर्को गोल थपेर २-० को अग्रता बनायो । कुवेतको तर्फबाट पहिलो गोल नासिरले गरे भने दोस्रो गोल हाजिरीले गरे । दोस्रो हाफको पाँचौं मिनेटमै नासिरले गोल थपेर ३-० को अग्रता बनाए । कुवेतको तर्फबाट ५९औं मिनेटमा मावीले चौथो गोल गरे भने ६७औं मिनेटमा अल-मुतावाले गोल गरे ।
त्यसपछि निर्धारित समयसम्म थप गोल नखाएको नेपालले अतिरिक्त समयको चौथो मिनेट र सातौं मिनेटमा अरू दुई गोल खायो । अतिरिक्त समयमा कुबेतका लागि हानी र अल मुसावीले गोल गरेका थिए ।
नेपालले भने गोलको खाता नै खोल्न सकेन ।
नेपाल र कुवेतबीच यसअघि भएका ६ खेलमध्ये ५ खेल कुवेतले जितेको थियो । नेपालले १ खेल बराबरी गरेको थियो । अहिलेसम्मका लागि एक बराबरी नै नेपालका लागि उत्कृष्ट परिणाम रहेको छ ।
नेपालका तर्फबाट सन् १९८२ को दिल्ली एसियाडमा वाईबी घलेले कुवेतविरुद्ध एक गोल गरेका थिए । त्यो गोल नै नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो ।
आजको खेलपछि नेपाल र कुबेतबीच खेलिएको म्याचको संख्या ७ पुग्यो भने हारको संख्या पनि बढेर ६ पुग्यो ।
यसअघि नेपाल कुबेतसँग १९८२मा ३-१ ले, ११९४ मा ५० ले १९९४ मा ८-० ले २००२ मा ५-० ले पराजित भएको थियो । तर, गत चैतमा नेपालले दुईवटा मैत्रीपूर्ण खेल खेलेकाेमा पहिलाे खेल गाेलरहित बराबरी भएको थियो भने दाेस्राे खेलमा नेपाल १–० ले पराजित भएकाे थियाे।
नेपालभन्दा बरियतामा ४ स्थानमात्र माथि रहेकाे कुवेतसँग नेपालको आजको फराकिलो हारलाई स्वभाविक रूपमा लिन सकिन्न । नेपालका नयाँ प्रशिक्षक योहानका लागि सुरूवात सुखद भएन । नेपाली मुहावराको सहयोग लिएर भन्दा उनको पहिलो गाँसमै झिंगा पर्यो ।