श्रीलंकाले नेपाललाई ५ विकेटले हरायो

तस्बिरः एसिसि

काठमाडौं

श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले हारबाट प्रतियोगिताको सुरूवात गरेको छ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको हो।

कोलम्बोस्थित आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको १६० रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले  ३३.५ ओभरमा ५ विकेट गुमाउँदै सहज जित हात पार्‍यो।

श्रीलंकालाई जिताउन कामिल मिश्राले सर्वाधिक ५५ रन बनाए।  यस्तै आहन विक्रमासिंघेले ३० रन बनाका थिए।

नेपालका लागि रासिद खानले २ विकेट लिँदा पवन शरार्फ,सागर ढकाल र कमल सिंह ऐरीले समान १-१ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्।

यसअघि पहिले ब्याटिङ गर्दै नेपालले ९ विकेट गुमाएर १५९ रन  बनाएको थियो ।

वर्षाको कारण ४२ ओभरमा झारिएको खेलमा नेपालको सम्मान जनक स्कोरमा रित गौतमले अर्धशतकीय इनिङ्स खेले । रितले नेपालका लागि ८६  बलमा सर्वाधिक ५४ रन बनाए ।

खेलको ९ ओभरमा नेपालले २ विकेट गुमाएर ४३ रन जोड्दा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि ४२ ओभरमा खेल झारिएको थियो ।

यस्तै कप्तान रोहित कुमार पौडेलले ४७ रन बनाए । त्यस्तै राशिद खानले १५ तथा हरि बहादुर चौहानले १२ रन जोडेका थिए।

नेपाललाई सस्तैमा रोक्न श्रीलंकाका दिल्सान मधुशनका र नाभोद दिनुसरीले ३/३ विकेट लिए ।

प्रकाशित मिति: : 2019-09-06 17:29:04

प्रतिकृया दिनुहोस्