विश्व चर्चित फुटबल खेलाडी डिएगो म्याराडोना अर्जेन्टिनाको एक क्लबका प्रशिक्षक नियुक्त भएका छन्।
उनलाई जिमनेसिया क्लबले प्रशिक्षक नियुक्त गरेको हो। बिहीबार ट्वीट गर्दै क्लबले यसको जानकारी दिएको थियो।
म्याराडोनाले यही जुनमा मेक्सिकोको दोस्रो श्रेणी क्लब डोराडोसको प्रशिक्षकबाट राजीनामा गरेका थिए। उनले स्वास्थ्यका कारण आफूले राजीनामा गर्नु परेको बताएका थिए। उनी ९ महिना प्रशिक्षक रहे।
सन् १९८६ मा अर्जेन्टिनालाई आफ्नो एकल प्रदर्शनमा विश्व कपको उपाधि दिलाएका म्याराडोनाले ड्रग्सको कूलतमा लागेर फुटबल करिअरलाई जोखिममा पारेका थिए।
उनी सन् २०१० को विश्व कपमा अर्जेन्टिनाको प्रशिक्षक समेत थिए।