मेसीले चाहे भने क्लब छोड्न सक्छन्–बार्सिलोनाका क्लब अध्यक्ष

स्पेनको चर्चित क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीको अनुबन्धको करार सन् २०२१ सम्म रहेको क्लब अध्यक्ष जोसेप मारियाले गरेका छन्। उनले यस बीचमा जति पनि बेला मेसीले क्लब छोड्न सक्ने स्पष्ट पारेका छन्।

उनले मेसी क्लबप्रति बफादार रहेको र उनी २०२१ पछि पनि बार्सिलोनामा बसिरहने आफ्नो आङ्कलन रहेको बताए।

मेसीले सन् २०१७ मा क्लबसँग ४ वर्षको नयाँ सम्झौंता गरेका थिए। सम्झौंतालाई यसअघि क्लबले गोप्य राखेको थियो।

याे पनि:एसिड पीडित मुस्कानको आग्रह–दोषीलाई घण्टाघरमा झुण्ड्याएर मारियोस् 

अध्यक्ष मारियाले बार्सिलोनाको टेलिभिजनलाई पहिलो पल्ट यस कुराको सार्वजनिक गर्दै भने, ‘मेसीको अनुबन्ध २०२१ सम्म रहेको छ। तर, उनी फाइनल सिजनभन्दा अगाडि नै क्लब छोड्न स्वतन्त्र छन्। उनीसँगको करार जाभी, पुयोल र आन्द्रे इनिष्टाको जस्तै हो। उनी बार्सिलोनाप्रति समर्पित खेलाडी हुन्। त्यसैले हामी उनी लामो समय क्लबका लागि खेलुन भन्ने चाहन्छौं।’

मेसीले बार्सिलोनाका लागि ६ सय ३ गोल गरेका छन्। उनले ६ सय ८७ खेल खेलेका छन्। यसमा २ सय ५१ त असिस्ट नै छ। उनले टिमका लागि १० वटा ला लिगा उपाधि जितेका छन्।

याे पनि: यू१९ एसिया कपमा बंगलादेशलाई हराउनै पर्ने नेपालको बाध्यता

मेसीका कारण बार्सिलोनाले ४ पल्ट च्याम्पियन्स लिगको उपाधि ६ पल्ट कोपा डेल रे, ३ पल्ट क्लब वर्ल्ड कप, ३ युरोपियन सुपर लिग र ८ पल्ट स्पेनिस सुपर कपको उपाधि जितेको छ।

मेसी बार्सिलोनामा रहँदा पाँच पल्ट विश्वको उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए।

 

प्रकाशित मिति: : 2019-09-08 09:57:43

प्रतिकृया दिनुहोस्