यु १९ एसिया कपमा नेपालद्वारा बंगलादेशसामू २६२ रनको लक्ष्य प्रस्तुत, पवन र भीमको उत्कृष्ट प्रदर्शन

अर्धसतक प्रहारपछि पवन सरार्फ। तस्बिरः एसिसि

श्रीलंकामा जारी एसीसी अन्डर-१९ एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसामू २६१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पी सारा ओभल मैदान कोलोम्बोमा जारि खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६१ रन बनाएको थियो।

नेपाललका लागि अलराउन्डर सन्दीप जोरा र पवन सरार्फको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेल्दै सम्मानजनक स्कोर बनाउन सहयोफग गरे।

ओपनर पवन सरार्फले सर्वाधिक ८१ रनको महत्वपूर्ण योगदान दिए। ४२ ओभरको दोस्रो बलमा मृत्तुनजोय चौधरीले कप्तान अकबर अलीबाट क्याच आउट गराउनु अघि पवनले १ सय ११ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए।

नेपाललाई विशाल योगफलसम्म पुर्‍याउन सन्दीप जोराले विस्फोटक इनिङ खेले। ३८ ओभरको दोस्रो बलमा कप्तान रोहित कुमार पौडेल आउट भएपछि मैदान छिरेका जोराले ३७ बलमा समान ३ चौका र ३ छक्कासहित ५६ रनको आक्रमक इनिङ खेले।

ओपनर रित गौतमले ३२ रन बनाउँदा कुशल मल्लले २८ तथा भिम सार्कीले २१ रन बनाए।

छैठौं विकेटका लागि सन्दीप र भिमले ७१ रनको महत्वपूर्ण साझेदारी गर्दै विशाल योगफल सम्म पुर्‍याएका हुन्।

पहिलो खेलमा कमजोर देखिएको नेपाली ब्याटिङ दोस्रो खेलमा निकै सुधारिएको देखियो। विकेट गुमे पनि नेपाली ब्याट्सम्यानले लगातार साझेदारी बनाएर ठूलो योगफलतर्फ डोर्‍याए।

पहिलो विकेटका रुपमा १४ ओभरको पाँचौ बलमा ओपनर रित गौतम ३२ रनमा बोल्ड आउट भए। रितले ५३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि रित र पवन सरार्फले ४५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए।

१७ ओभरको अन्तिम बलमा विकेटकीपर आशिफ शेख १२ बल खेली ३ रन जोड्दै क्याच आउट भए । सुस्त गतीमा सुरुवात गरेको नेपाललाई आक्रमक शैलीमा प्रस्तुत हुँदै कुशल मल्लले केही इनिङ उकास्न खोजे । तर कुशल लामो समय मैदानमा टिक्न सकेनन्।

कुशलले ३२ बलमा ३ छक्का र १ चौका सहित २८ रन जोडे। कप्तान रोहित पौडेल र पवनले चौथो विकेटको लागि अर्धशतकीय साझेदारी गर्दै नेपालको योगफल १५० पार गराए। पौडेल १४ रनमा क्याच आउट हुँदा राशिद खान ६ रनमा आउट भए। कमलसिंह ऐरीले अन्तिममा १ छक्का सहित ४ बलमा ९ रनमा अविजित रहे ।

बंगलादेशका लागि मोहम्मद तानजिम हसन र शाहिन आलमले समान २-२ विकेट लिए । मुत्तुनजय चौधरी, रकीबुल हसन, शामिम हसन र तोहीद हृदोयको नाममा समान १-१ विकेट रह्यो ।

बंगलादेशले आफ्नो पहिलो खेलमा युएईलाई पराजित गरिसकेको छ। समूह ‘बी’ अन्तर्गत अर्को खेलमा अहिले श्रीलंका र युएईले प्रतिस्पर्धा गरिरहेका छन्। जसमा श्रीलंकाले युएईलाई ३२६ रनको बिशाख लक्ष्य दिएको छ। यो खेलमा श्रीलंका विजयी भए अन्तिम खेल अगावै श्रीलंका सेमिफाइनलमा प्रवेश गर्नेछ।

प्रकाशित मिति: : 2019-09-08 13:34:15

प्रतिकृया दिनुहोस्