युरो कप छनोटमा नेदरल्याण्डले स्टोनियामाथि प्रभावशाली जित निकालेको छ।
सोमबार राति भएको खेलमा डच टोलीले स्टोनियालाई ४–० गोल अन्तरमा हराउँदै युरो छनोटमा अगाडि बढेको छ ।
डच टोलीको जितले नर्दन आयरल्याण्ड र जर्मनीमाथि दबाब थपिएको छ। तेस्रो स्थानको नेदरल्याण्डले ४ खेलबाट ९ अंक जोडेको छ। नर्दन आयरल्याण्ड ५ खेलबाट १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ।
यस्तै ५ खेलबाट समान १२ अंक जोडेको जर्मनी शीर्ष स्थानमा छ।
डच टोलीको जितका लागि रायन बाबेलले दुई तथा मेम्फिस डीपे र जर्जिन्हो विजनलमले एक–एक गोल गरेका थिए ।
खेलको १७ औं मिनेटमा डेली ब्लाईन्डको क्रसलाई सदुपयोग गर्दै बाबेलले डच टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले अघि रहेको डच टोलीले दोस्रो हाफमा थप ३ गोल गर्यो।
४७ औ मिनेटमा हेडमार्फत बाबेलले नै नेदरल्याण्डको अग्रता दोब्बर पारे ।
७६ औं मिनेटमा मेम्फिस डीपेले डच टोलीलाई ३–० को अघि बढाए । जर्जिन्हो विजनलमले खेल सकिन तीन मिनेट बाँकी छदाँ हेडमार्फत टोलीका लागि चौथो गोल गरे ।
५ खेल खेलेको स्टोनिया तालिकामा अंक विहिन हुँदै पुछारमा रहेको छ।