प्रदेशस्तरीय फुटबल जुम्लामा हुँदै

तस्बिरः बिएल

कर्णाली प्रदेश स्तरीय फुटवल जुम्लामा हुने भएको छ। जुम्ला फुटवल संघको आयोजनामा असोज १ देखि 'प्रदेश लिग' तथा ५ गतेदेखि अन्तर स्कुलस्तरीय 'क्बीज कप' हुने भएको हो।

पहिलो पटक प्रदेशस्तरीय फुटवल जुम्लामा हुने भएकाले प्रतियोगिताको तयारी तिब्र पारिएको एन्फाका जिल्ला अध्यक्ष भरतबहादुर बुढथापाले जानकारी दिए।

'पछिल्लो समय फुटबलमा यूवाहरुको आकर्षण बढिरहेको छ । स्तरवृद्धि पनि भैरहेको छ,’ उनले भने,‘एन्फा स्थापनाको छोटो समयमा धेरै गतिविधि गर्न सफल भएको छ।  जुम्ला फुटवल संघले वर्षमा ४ वटा जति आयोजना सजिलै व्यवस्थापन गर्न  सकेकाले प्रदेश लिगको जिम्मा जुम्लाले पाएको हो।’

सोमबार पत्रकार सम्मेलन गर्दै सिनियरमा जुम्ला र सुर्खेत तथा जुनियरमा जाजरकोटसमेत जरि तीन जिल्लाका खेलाडीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

अन्य जिल्लामा तत्काल शाखा विस्तार नभएकाले सहभागिता हुन नसकेको र चाँडै नैं शाखा विस्तार गरिने अध्यक्ष बुढथापाले बताए।

सम्बन्धित जिल्लामा क्लबस्तरीय फुटबल प्रतियोगिता विजेता टोली सहभागी हुन पाउनेछन्।

सिनियर तर्फ प्रथम र द्वितीय कमश हुनेले १ लाख र ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने जुनियरमा बिजेता र उप-बिजेता ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

बिजेता टोलीले राष्ट्रियस्तरको राष्ट्रपति कप खेल्न पाउनेछ।

प्रकाशित मिति: : 2019-09-10 16:50:43

प्रतिकृया दिनुहोस्