विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा भारतले कतारलाई उसकै घरेलु मैदानमा गोलरहित बराबरमा रोकेको छ।
दोहास्थित जसिम बिन हमद रंगशालामा भएको खेलमा एसियन च्याम्पियन कतारलाई गोलरहित रोक्न भारतीय गोलकिपर गुर्प्रित सिंहले उच्च प्रदर्शन गरे।
खेल अवधिमा २७ प्रहार गरेको कतारलाई सिंहले विफल बनाइदिएका थिए।
घरेलु मैदानमा ओमानविरुद्धको हारमा गोल गरेका भारतका नियमित कप्तान सुनील क्षेत्री अस्वस्थताका कारण नखेल्दा सिंहले भारतीय टोलीको कप्तानी भूमिका निभाएका थिए।
खेलमा गोल गर्ने थुप्रै अवसर गुमाएको कतारले गोल गर्न नसक्दा बराबरीमै चित्त बुझायो।
सन् २०१९ मा कतार कुनै पनि एसियन टोलीसँग हार बेहोरेको छैन। एसिया कप उपाधि जित्ने क्रममा फाइनलमा कतारले जापानलाई ३ -१ ले पराजित गरेको थियो।
सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत अघिल्लो खेलमा कतारले अफगानिस्तानलाई ६-० को फराकिलो अन्तरले पछि पारेको थियो।
समूहको अर्को खेलमा अफगानिस्तानले बंगलादेशलाई १-० ले हरायो।
यो सँगै कतारले २ खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायमै छ। भारतलाई हराएको ओमान दोस्रो तथा २ खेलबाट ३ अंक जोडेको अफगानिस्तान तेस्रो स्थानमा छ। कतारसँग बराबरी खेलेको भारत १ अंकसहित चौथो स्थानमा छ। अंकबिहिन बंगलादेश पुछारमा छ।
विश्वकपको लागि एसिया क्षेत्रको अन्य खेलको नतिजाहरू
समूह ‘ए’ :
गुआम विरुद्ध फिलिपन्स (१–४)
माल्दिभ्सविरुद्ध चीन (०–५)
समूह ‘बी’ :
चाइनिज ताइपेई विरूद्ध नेपाल (०-२)
क्वेत विरूद्ध अष्ट्रेलिया (०-३)
समूह ‘सी’
कम्वोडिया विरुद्ध बहराइन (०–१)
हङकङविरुद्ध इरान (०–२)
समूह ‘डी’
सिंगापुरविरुद्ध प्यालेस्टाइन (२–१)
यमनविरुद्ध साउदी अरेविया (२–२)
समूह ‘ई’
अफगानिस्तानविद्ध बंगलादेश (१–०)
कतार विरुद्ध भारत (०–०)
समूह ‘एफ’
मंगोलियाविरुद्ध ताजिकिस्तान (०–१)
म्यानमारविरुद्ध जापान (०–२)
समूह ‘जी’
इन्डोनेसियाविरुद्ध थाइल्यान्ड (०–३)
मलेसियाविरुद्ध युएई (१–२)
समूह ‘एच’
श्रीलंकाविरुछ नर्थ कोरिया (०–१)
तुर्केमिनिस्तनविरुद्ध साउथ कोरिया (०–२)