लुइस सुआरेजले दुई गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि ५–२ को सानदार जित निकालेको छ।
बार्सिलोनाको घरेलु मैदान नोउक्याम्पमा शनिबार राति भएको खेलमा साविक विजेता बार्सिलोनालाई जिताउन सुआरेजसहित युवा मिडफिल्डर अंशुमाने फाती, फ्रान्की डि जोङ र जेरार्ड पिकेले गोल गरे। भ्यालेन्सियाका केभिन गेमेरियो र म्याक्सिमिलियानो गोमेजले गोल गरेका थिए।
खेलको दोस्रो मिनेटमा नै फाटीको गोलमा बार्सिलोनाले खेलमा सुरूवाती अग्रता बनायो। उनले डी जोङको पासको फाइदा उठाएका थिए । त्यसपछि सातौं मिनेटमा फाटीको पासमा डी जोङले नै गोल गर्नै बार्सिलोनाको अग्रता दोब्बर पारे।
२७ औं मिनेटमा भ्यालेन्सिले केभिन गेमिरोको गोलमा अन्तर दुई एकमा झारेको थियो। पहिलो हाफ दुई एकको अवस्थामा रहेको खेलको ५१ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई पुन अग्रता बढाए
त्यसपछि ६१ औं मिनेटमा लुइस स्वारेजले अरथरको पासमा बार्सिलोनाका लागि चौथो गोल गर्दै ३-१ ले अघि बढाए। ८२ औं मिनेटमा एन्टोइन ग्रिजमनको पासमा लुइस स्वारेजले नै ब्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गरे ।
खेलको इन्जुरी समयमा भ्यालेन्सियाका लागि मारीयो गोमेजले गोल गर्दै अन्तर पाँच दुईमा झारेका थिए। तर त्यसपछि पाहुना टिम भ्यालेन्सिया खेलमा फर्कन सकेन र पराजित भयो।
प्रभावशाली जितसँगै बार्सिलोना ४ खेलबाट ७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। भ्यालेन्सिया ४ अंक जोडेर १४औं स्थानमा छ । समान खेलबाट ३ खेल जितेको एथ्लेटिको मड्रिड ९ अंकसहित शीर्ष स्थानमा छ। यस्तै ८ अंक जोडेको रियल म्याड्रिड दोस्रो तथा समान अंकसहित एथ्लेटिको बिलबाओ तेस्रो स्थानमा छन्।