च्याम्पियन्स लिग: रोनाल्डो र जाओ फेलिक्स आमनेसामाने हुँदै

तस्बिरः एजेन्सी

च्याम्पियन्स लिगमा आज (बुधबार) इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब एथ्लेटिको मड्रिड आमनेसामाने हुदैछन्। एथ्लेटिको मड्रिडको घरेलु मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट हुनेछ ।

यस खेलमा पोर्चुगिज खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र युवा स्टार जाओ फेलिक्स मुख्य आकर्षणमा रहनेछन् ।यसै सिजन बेन्फिकाबाट एथ्लेटिको आएका फेलिक्सले सुरुआती खेलहरूमा नै आफ्नो प्रदर्शनले सबैलाई छक्क पारिसकेका छन् । यता, अघिल्लो सिजन मात्र रियल मड्रिडबाट युभेन्टस आएका रोनाल्डो पनि आजको मुख्य आकर्षणको केन्द्रमा रहनेछन् ।

एथ्लेटिकोविरुद्धको खेलका लागि युभेन्टसका प्रशिक्षक मौरिजियो सार्रीले रोनाल्डोका साथै बुफन, डेनिलो, राबिओट, हिगुइन, राम्से, डी लिग्टका साथै डेबाला, बर्नान्डेस्ची, पिजानिक, इम्रे क्यान, माटुइडी जस्ता स्टार खेलाडीहरूलाई टोलीमा राखेका छन् ।

यता, एथ्लेटिकोले युभेन्टसविरुद्ध फेलिक्सका साथै डिएगो कोस्टा, थोमस, कोके, साउल, लेमार, हेरेर्रा, भिटोलो, फेलिप, कोर्रेया जस्ता खेलाडीलाई टोलीमा राखेको छ ।

प्रकाशित मिति: : 2019-09-18 15:59:16

प्रतिकृया दिनुहोस्