नेपाली उमा कुङफु खेलाडी कमल मगरले विश्व मार्सल आर्ट्स गेम्समा दुई स्वर्ण जितेका छन् । क्रोएसियामा भएको प्रतियोगितामा कमलले किक बक्सिङ र नाइन चाकुमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघले जनाएको छ । कमलले थप एक कांस्य पनि हात पारे ।
पदक विजेता टोलीलाई अध्यक्ष लामासहित उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, महासचिव भुपेन्द्र गुरुङ, सदस्य आनन्दकुमार यादव, गुण गुरुङलगायतले बिहीबार स्वागत गरे ।