साफ यू–१८ च्याम्पियनसिप : घरेलु टोली नेपाल १–० ले पछाडि

फाइल तस्बिर

राजधानीमा जारी साफ यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिता पहिलो खेलमा आयोजक नेपालले माल्दिभ्सको सामना गरिरहेको छ। हलचोकस्थित एपीएफको मैदानमा जारी खेलमा पहिलो हाफ सकिँदा घरेलु टोली नेपाल १–० ले पछाडि परेको छ ।

खेलको १३ औं मिनेटमा रोशन दोङले फल गरेपछि पाएको पेनाल्टीलाई माल्दिभ्सका कप्तान हसन नजिवले गोल गरेका थिए। त्यसअघि खेलको तेस्रो मिनेटमा नेपालका मनिष डाँगीले गोल गरे पनि रेफ्रीले अफसाइड दिएका थिए।

खेल अवधीभर बल पोजिसनमा पकड जमाएको नेपालले गोल गर्न नसक्दा १-० ले पछि परेको हो। नेपालका बृजेश चौधरी, जया गुरुङ, मनिष डाँगीको केही उत्कृष्ट प्रहार माल्दिभ्सका किपरले उत्कृष्ट बचाउ गरेका थिए।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसँग खेल्नेछ। समूह 'बी' मा भारत, श्रीलंका र बंगलादेश छन्। समुहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन्।

नेपाली यू–१८ टिम

गोलकिपर : विशाल सुनार, सूर्य अधिकारी र पुजन होना

डिफेन्डर : विशाल बस्नेत, रणदिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अञ्जल महर्जन

मिडफिल्डर : शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ (कप्तान), मनिष थापा, कुशल फुयाँल, नितिन थापा

फरवार्ड : ब्रिजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी ।

 
प्रकाशित मिति: : 2019-09-20 16:01:02

प्रतिकृया दिनुहोस्