भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीले बंगलादेशविरूद्ध आगामी टि–२० शृंखला खेल्न अस्विकार गरेको भारतीय मिडियाले जानकारी दिएका छन्।
भारतीय क्रिकेट बोर्डले धोनीलाई अघिल्लो शृंखलाका लागि टिममा फर्किन आग्रह गरेको थियो। तर, धोनीले आफू उपलब्ध नहुने भन्दै प्रमुख छनोटकर्तालाई जानकारी गराइसकेको बताइएको छ।