कांग्रेस सांसद अफ्ताव आलम पक्राउ

फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन्। आलमलाई प्रहरीले आइतबार रौतहट सदरमुकाम गौरबाट पक्राउ गरेको हो।

इँटा भट्टामा हालेर ५ जनालाई मारेको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम पक्राउ परेका हुन्।आलमलाई आईतबार बिहान उनकै निवासबाट पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए।

२०६४ सालमा  रौतहटको राजपुरफरहदवा गा.वि.स. वडा नं. ४ स्थित शेख सदिकको छोरा मोहम्मद आफताब आलमको काकाको घरमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोपमा आलमलाई पक्राउ गरिएको हो। उक्त घटनामा सोही स्थानमा रहेका नारायणसिंह राजपुतको छोरा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र रोक्साना खातुनको छोरा ओसी अख्तर र अन्य व्यक्तिहरूको समेत मृत्यु भएको थियो।

पिडितहरुले आलमले आफ्ना छोराहरूलाई मान्छेमार्फत लिएर गएको बताएका छन् । निर्वाचनमा आफू विजय हुन र अन्य पार्टीका कार्यकर्ताहरूलाई तर्साउन बम बनाउँदा साँझ ६ः३० बजेतिर बनाउँदै गरेको अवस्थामा आलमको काकाकै घरमा बम विस्फोट भएको थियो । बम विष्फोटन हुँदा आलमको काका शेख इद्रिसको घर र घरको छाना नष्ट भएको थियो ।

घाइते भएकोलाई समेत होसमा छँदै हामीलाई उपचार गराउनुहोस् वा हामीलाई छाडी दिनुहोस् भन्दा आलम र उनका मानिसहरूले सो घटना सार्वजनिक हुने डरले नजिकको ईँटा भट्टाको आगोमा हाली जलाई दिईएको खुल्न आएको थियो।

स्थानीयहरुले आलमले आफ्नै इटाभट्टामा रहेको इट्टा पोल्ने भट्टीमा हालेर २२ जना व्यक्तिको ‘हत्या’ गरेका थिए । बम विस्फोटमा २३ जना व्यक्ति घाइते भएकोमा १ जना आफन्तलाई उनले उपचारका लागि भारत पठाएका थिए ।

२२ जनाको ज्यान ज्याने गरी गराइएको षड्यन्त्रमूलक घटनापछि आलम संविधानसभा सदस्यको पहिलो निर्वाचनमा भारी मतका साथ विजयी भए थिए।

सर्वोच्च अदालतले २०६९ मा दोषी प्रमाणित गर्दै उनलाई पक्राउ गर्न आदेश दिएको थियो। दोषी प्रमाणित भएको ७ वर्षपछि मन्त्री आलम पक्राउ परेका हुन्।पक्राउ परेका सांसद आलमलाई प्रहरी थुनामा राखि आवश्यक अनुसन्धान अघि बढाइएको एसपी खत्रीले बताए।आलम रौतहट २ बाट निर्वाचित सांसद हुन् ।

 

 

प्रकाशित मिति: : 2019-10-13 11:33:47

प्रतिकृया दिनुहोस्