स्वदेश फर्किए राष्ट्रिय क्रिकेट टिम

ओमानमा सम्पन्न पाँच राष्ट्र सम्मिलत टी–२० शृङ्खलाको अन्तिम खेलमा पराजित भएको नेपाली राष्ट्रिय क्रिकेट टिम आज (शुक्रबार) स्वदेश फिर्ता भएको छ । बिहिबार सम्पन्न शृङ्खला खेलेरे नेपाली टिम शुक्रबार बिहान नेपाल आईपुगेको हो ।

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल तेस्रो भएको थियो । बिहिबार भएको अन्तिम खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।

नेपालले दिएको ६५ रनको लक्ष्य ओमानले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । ओमानका लागि सुरज कुमारले अविजित ४२ रन बनाए । तर ओमानका अन्य ब्याट्सम्यानले समेत दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका लागि करण केसीले २ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा अलआउट हुदै ६४ रन बनाएको थियो ।नेपालका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सक्यो ।आरिफ शेखले सर्वाधिक २० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ११ रन जोडे ।

ओमानका लागि अमिर कालिमले ५ विकेट लिए भने बिलाल खानले २ विकेट लिए ।

हालसम्म तीन खेल खेलेको नेपालले २ मा जीत र २ मा हारको सामना गरेको छ । हङकङ र नेदरल्याण्डलाई पराजित गरेको नेपाल आयरल्याण्डसँग पराजित हुन पुगेको थियो ।

यसअघि नेपालले सिंगापुरमा त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेलेको थियो । उक्त सिरिज लगत्तै नेपाली टिम ओमान गएको थियो ।

प्रकाशित मिति: : 2019-10-11 12:59:43

प्रतिकृया दिनुहोस्