महिलाको टी–ट्वान्टी वरियतामा नेपालले मार्‍यो फड्को, एसोसियट राष्ट्रमा तेस्रो

फाइल तस्बिर

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपाल एक स्थान सुधार गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लिएको छ । नेपालले १७ खेलबाट १२८ रेटीङ अंक पाएको छ । अघिल्लो वरियतामा नेपाल १५ औं स्थानमा रहेको थियो ।

एसोसियट राष्ट्रको टी–ट्वान्टी वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडी थाइल्याण्ड र स्कटल्याण्ड रहेका छन् ।नेपालले थाइल्याण्डमा गत वर्षको फागुनमा सम्पन्न आईसीसी विश्वकप एसिया छनोट खेलेपछि अन्य अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

महिलाको टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा न्युजिल्याण्ड यथावत रहेका छन् । यस्तै चौंथो स्थानमा वेष्ट इण्डिज र पाँचौ स्थानमा भारत पनि यथावत रहेका छन् ।

आईसीसीको टी–ट्वान्टी महिला खेलाडीको वरियतामा नेपालकी सिता राना मगर र नेरी थापा अटाएकी छिन् ।नेपालकी उपकप्तान सिता अलराउण्डरतर्फ ५८ औं स्थानमा रहेकी छिन् । ब्याटिङतर्फ सिता ८३ औं स्थान रहेकी छिन् ।बलिङतर्फ पूर्व कप्तान नेरी थापा ९२ औं स्थानमा रहेकी छिन् ।

प्रकाशित मिति: : 2019-10-13 11:39:00

प्रतिकृया दिनुहोस्