भारतीय सेना अमेरिकामा सैन्य अभ्यासमा व्यस्त

Agency

भारत र अमेरिकाबीच संयुक्त सैन्य अभ्यास आइतबारदेखि अमेरिकाको सिएटलमा सुरु भएको छ। ‘बज्र प्रहार’ नाम दिइएको यो सैन्य अभ्यास लुईस–म्याककार्डमा सुरु हुँदैछ।

भारत र अमेरिकाबीच सैन्य अभ्यासको दशौं संस्करणको रुपमा रहेको यो अभ्यास कार्यक्रम २८ अक्टुबरसम्म कायम रहने छ। दुबै देशका सेनाहरूले भारत र अमेरिका दुबै स्थानमा सैन्य अभ्यास गर्दै आइरहेका छन्। गत वर्ष यी दुई देशबीचको सैन्य अभ्यास भारतको जयपुरमा भएको थियो।

भारतीय दुतावासका अनुसार यसपालिको सैन्य अभ्यासमा भारतका ४५ सेनाले भाग लिँदैछन्। यस्तो अभ्यासले भारत र अमेरिकाबीच रक्षा क्षेत्रमा सहयोग बढ्ने अपेंक्षा गरिएको छ।

यसअघि पनि दुबै देशका सेनाले लुईस–म्याककार्ड सैन्य क्षेत्रमा संयुक्त प्रशिक्षण गरिसकेका छन्। अभ्यासमा आधुनिक हतियार र सैन्य उपकरण पनि समावेश गरिएको छ। जुन हतियार भर्खरै भारतीय सेनाले अमेरिकाबाट खरिद गरेको थियो।

यसमा हावित्जर तोप र चिनुक हेलिकोप्टर समावेश छन्।

प्रकाशित मिति: : 2019-10-13 17:10:23

प्रतिकृया दिनुहोस्