साउदीले किवी टिमको नेतृत्व गर्ने, कप्तान विलियम्सन बाहिर

Agency

न्युजिल्यान्डले इंग्ल्यान्ड भ्रमणका लागि शुक्रबार आफ्नो टिमको घोषणा गरेको छ। पाँच टि–२० को शृंखलाका लागि चोटग्रस्त कप्तान केन विलियम्सनलाई विश्राम दिइएको छ भने उनको स्थानमा तीब्र बलर टिम साउदीलाई कप्तानको भूमिका सुम्पिएको छ।

साउदीले गत सेप्टेम्बरमा श्रीलंका भ्रमणको बेला टि–२० को कप्तानी गरिसकेका छन्। प्रशिक्षक ग्यारी स्टिडले साउदीको नियुक्तिलाई लिएर भने, ‘हामी भाग्यशाली छौं।

हामीसँग साउदी जस्ता अनुभवी खेलाडी छन्, जो सहजै जिम्मेवारी उठाउन सक्छन्। उनले श्रीलंका भ्रमणमा सफलतापूर्वक काम गरिसकेका छन्।’

नियमित कप्तान विलियम्सन गत मार्चमा चोटका कारण बंगलादेशविरूद्ध टेस्टबाट बाहिर भएका थिए।

न्युजिल्यान्डको टिमः

टिम साउदी (कप्तान), ट्रेन्ट बोल्ट (चौथो र पाँचौ खेलका लागि), कोलिन डी ग्रान्डहोम, लोकी फग्र्युसन (पहिलो र तेस्रो खेल), मार्टिन गप्टिल, स्कट कगेलेजिन, डेरियल मिचेल, कोलिन मुनरो, जिमी निशम, मिचेल सेन्टनर, टिम शेफर्ट, इश सोढी, रोस टेलर र ब्लेर टिकनेर।

प्रकाशित मिति: : 2019-10-25 15:53:49

प्रतिकृया दिनुहोस्