टी-१० लिगमा पारस खड्का आबद्ध अबुधाबी आज शहिद अफ्रिदीको कलन्दर्ससँग भिड्दै

तस्बिरः बिएल नेपाली सेवा

युएईमा आजदेखि सुरू दोस्रो संस्करणको टी-१० क्रिकेट लिगमा नेपालका पूर्व कप्तान पारस खड्का आवद्ध अबुधाबीले शहिद अफ्रिदीको कप्तानीमा रहेको कलन्दर्ससँग खेल्दै प्रतियोगिताको सुरू गर्दैछ।

खेल नेपाली समय अनुसार शुक्रबार  राति १०:४५ बजे हुनेछ।

प्रतियोगितामा यस पटक दुई नेपाली खेलाडी पारस खड्का र सन्दिप लामिछानेकोसहभागिता छ।

कुल ८ टोलीरहने प्रतियोगिता नोभेम्बर २४ सम्म अबुधाबीमा सञ्चालन हुनेछ।

सहभागी ८ टिमलाई दुई समूहमा बिभाजन गरेर राउण्ड रोबिन लिग खेलाइनेछ।त्यसपछि सुपर लिग खेलाइनेछ। सुपर लिगमा समूह चरणको अंक समेत जोडिनेछन्। सुपर लिगमा पहिलोदेखि चौथो नम्बरमा हुने टिम बीच प्ले-अफ खेल सञ्चालन हुनेछ।

पारस खड्का आबद्ध रहेको टिम ‘टिम अबुधाबी’ समूह ‘बि’ मा मराठा अरबियन्स, नर्थर्न वारियर्स, कलन्दर्स रहेको छ।

यस्तै सन्दिप लामिछाने आबद्ध टिम कर्नाटका टस्कर्समा बांग्ला टाइगर्स, डेक्कन ग्ल्याडीएटर्स र डेल्ली बुल्स रहेका छन्।

पारस खड्का कुनै पनि विदेशी लिगमा खेल्न लागेको यो पहिलो अवसर हो। सन्दिप गत वर्ष टी-१० लिगमा केरला नाइट्सबाट खेलेका थिए। यो पटक केरला टिम लिगमा रहेको छैन।

इंग्ल्याण्ड क्रिकेटर मोइन अलिको कप्तानीमा रहेको टिम अबुधाबीमा मोहम्मद आमिर, लुक राइट, मोहम्मद आमिर, निरोशन डिकवेला, कोरे एण्डरसन, रोहन मुस्तफा जस्ता खेलाडीहरू टिम अबुधाबीमा छन्।

टिमको प्रशिक्षणइंग्ल्याण्डकापूर्व प्रशिक्षक ट्रेभर बेलिसले  गर्नेछन्।

टिम अबुधाबी

लुक राइट, बेन लाफ्लिन, मोहम्मद आमिर, ह्यारी गुरने, मोइन अलि ( कप्तान ) , लुइस ग्रेगरी, निरोशन डिकवेला, एलेक्स डेभिस, कोरे एण्डरसन, रोहण मुस्तफा, पारस खड्का, रिचर्ड ग्लिसन, रामिज शाहजाद हेडन वाल्स ।

 

समूह चरणमा टिम अबुधाबीको खेल तालिका :

नोभेम्बर १५ (शुक्रबार) – Vs कलन्दर्स  (राति १०:४५ बजे)

नोभेम्बर १७ (आइतबार)–Vsनार्थन वारियर्स (बेलुका ५:१५बजे)

नोभेम्बर १८ ( सोमबार )– Vs मराठा अरबीयन्स (साँझ ७:३० बजे)

प्रकाशित मिति: : 2019-11-15 09:31:09

प्रतिकृया दिनुहोस्