नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग ( पीएसएल) टी-ट्वान्टी क्रिकेट लिगको आगामी संस्करणका लागिपुनः ड्राफ्टमा परेका छन् ।
लेग स्पिनर सन्दीप 'प्लाटिनम' श्रेणीको ड्राफ्टमा परेका हुन्।सन्दीपसँगै प्लाटिनममा श्रेणीमा २८ विदेशी खेलाडीसहित
४५ जना खेडाली अटाएका छन् ।
पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट अनुसार प्लाटिनमको न्युनतम मुल्य १ लाख ४७ हजार अमेरिकी डलर र अधिकतम २ लाख १८ हजार डलर रहेको छ ।
ड्राफ्ट डिसेम्बरको पहिलो साता हुनेछ। एक टिमले पाँच जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । जसमा ३ जना प्लाटिनम श्रेणीको खेलाडी किन्न पाउने छन् ।
पीएसएलमा लाहोर क्वालन्डर्स, इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसले प्रतिस्पर्धा गर्ने छन् ।गत सिजन सन्दीपले लाहोर क्वालन्डर्सबाट खेलेका थिए।
प्रतियोगिता आगामी सन् २०२० को फेब्रुअरी २० देखि मार्च २२ सम्म हुनेछ।