भारतीय ड्राइभरले पाकिस्तान खेलाडीसँग भाडा लिन नमानेपछि!

Agency

अस्ट्रेलियामा ट्याक्सी चलाउँदै आइरहेका एक भारतीयले पाकिस्तानी खेलाडीसँग भाडा लिन अस्विकार गरेको समाचार अस्ट्रेलियाको समाचारपत्रले प्रमुखताको साथ छापेको छ।

पाकिस्तानी क्रिकेटर साहिन शाह अफ्रिदी, यासिर शाह र नसिम शाह ब्रिस्बनमा भारतीयले चलाएको ट्याक्सीमा चढेका थिए।

एबिसी रेडियो जंकी एलिसन मिचेलले यसको जानकारी दिँदै भारतीय ड्राइभरले पाकिस्तान र अस्ट्रेलियाबीच ब्रिस्बनको गाबा स्टेडियममा भएको पहिलो टेस्टका लागि पाकिस्तानी खेलाडीलाई आफ्नो ट्याक्सीमा पुर्याएको खुलासा गरेका थिए। पाकिस्तानी खेलाडी सोही ट्याक्सीमा ब्रिस्बनस्थित होटलबाट भारतीय रेस्टुराँमा डिनरका लागि पनि गएका थिए।

भारतीय ड्राइभरले पैसा लिन अस्विकार गरेपछि खेलाडीहरूले आफूसँगै रेस्टुराँमा खानका लागि उनलाई अफर गरेका थिए।

आइतबार अस्ट्रेलियाले इनिङ र ५ रनले पाकिस्तानलाई चौथो दिनमै पराजित गरेको थियो। पहिलो टेस्टमा बाबर आजमले १ सय ४ रनको सतकीय इनिङ खेलेका थिए। यस्तै, मोहम्मद रिजवानले ९५ रन बनाएका थिए।

प्रकाशित मिति: : 2019-11-26 16:32:36

प्रतिकृया दिनुहोस्