१३ औं साग: पुरुष र महिला भलिबलको खेल तालिका सार्वजनिक, यस्ता छन् प्रतिद्वन्द्वी

फाइल तस्बिर: बिएल

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष र महिला भलिबलको खेल तालिका सार्वजनिक भएको छ।

मंगलबार सार्वजनिक भएको खेल तालिका अनुसार समूह 'ए' मा रहेको नेपाली पुरुष भलिबल टिमले आफ्नो पहिलो खेल भोलि बुधबार बंगलादेशसँग खेल्नेछ। बिहीबार भारतीय पुरुष टिमले बंगलादेशसँग खेल्नेछ। साेही दिन यता समूह 'बि' मा रहेका पाकिस्तानले माल्दिभ्ससँग खेल्नेछ।

शुक्रबार भारतले नेपालसँग खेल्नेछ। यस्तै समूह 'बि' मा रहेका श्रीलंकाले माल्दिभ्ससँग खेल्नेछ। शनिबार भने समूह 'बि' मा रहेका श्रीलंकाले पाकिस्तानसँग खेल्नेछ।

यस्तै समूह 'ए' मा रहेको नेपाली महिला भलिबल टिमले आफ्नो पहिलो खेल भोलि बुधबार बंगलादेशसँग खेल्नेछ। सोही दिन समूह 'बि'मा रहेको महिला भलिबल टिमले पाकिस्तानले माल्दिभ्ससँग खेल्नेछ।

बिहीबार समूह 'ए' को भारतीय टिमले नेपालसँग खेल्ने छ। सोही दिन समूह 'बि' को श्रीलंकाले पाकिस्तानसँग खेल्नेछ। यता शुक्रबार समूह 'ए' को भारतीय टिमले बंगलादेशसँग खेल्नेछ। भने सोही दिन समूह'बि' मा श्रीलंकाले माल्दिभ्ससँग खेल्नेछ।

आइतबार पहिलो सेमिफाइनलका खेलमा पुरुष र महिला टोलीले समूह 'ए' को बिजेता टिमले समूह 'बि' को उपबिजेतासँग खेल्नेछ। सोमबार समूह 'ए' को उपबिजेताले समूह 'बि'को बिजेतासँग खेल्नेछ।

यस्तै मंगलबार तेस्रो स्थानको लागि खेल खेलाइने छ भने बुधबार फाइनल खेल खेलाइनेछ।

प्रकाशित मिति: : 2019-11-26 16:48:07

प्रतिकृया दिनुहोस्