फिफाको वरियतामा नेपाल तीन स्थान तल झर्याे

फाइल तस्बिर: बिएल

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल तीन स्थान तल झरेको छ।

फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल तीन स्थान तल झरेको हो।

यसअघि १ सय ६७ औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा भने १ सय ७० औं स्थानमा पुगेको छ।

दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा माथि अफ्गानिस्तान १५५ औं स्थानमा छ भने माल्दिभ्स एक स्थान तल झर्दै १५६ औं स्थानमा पुगेको छ।

यता १ सय ६ स्थानमा रहेको भारत १ सय ८ मा पुगेको छ। नेपालभन्दा तल बंगलादेश १ सय ८७, भुटान १ सय ८९, पाकिस्तान २ सय १ र श्रीलंका २ सय ५ औं स्थानमा रहेको छ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेका छन्। यस्तै फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौंथो र उरुग्वे पाँचौ स्थानमा रहेको छ।

यस्तै क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलम्बिया क्रमश छैटौंदेखि दशौँ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-11-28 16:14:11

प्रतिकृया दिनुहोस्