काठमाडौंमा आइतबारदेखि सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५ सय ९६ नेपाली खेलाडी सहभागी हुने भएका छन्।
१३ औं सागको प्राविधिक कमिटीका संयोजक गंगा थापामगरले बिएल नेपाली सेवालाई दिएको जानकारी अनुसार नेपालले २६ खेलमा पुरुषतर्फ ३ सय ४ तथा महिलातर्फ २ सय ९२ खेलाडीलाई मैदानमा उतार्दै छ।
‘१३ औं सागमा नेपालबाट कूल ५ सय ९६ खेलाडी मैदानमा उत्रिँदैछन्,’ उनले भने।