काठमाडौंमा आइतबारदेखि सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालपछि सबैभन्दा ठूलो टिम श्रीलंकाको रहेको छ। श्रीलंकाले ५ सय ६४ जना खेलाडीलाई मैदानमा उतार्दै छ।
श्रीलंकाबाट २ सय ८४ पुरुष तथा २ सय ८० महिला सहभागी हुँदैछन्। नेपालले ३ सय ४ पुरुष र २ सय ९२ महिला गरि कूल ५ सय ९६ खेलाडी मैदानमा उतार्दै छ।
श्रीलंकापछि भारतको टिम ठूलो छ। तेस्रो सर्वाधिक टिम उतारेको भारतले २ सय ४६ पुरुष र २ सय ४१ महिला गरि कूल ४ सय ८७ खेलाडी उतार्दै छ। चौथो नम्बरमा बंगलादेशको टोली ठूलो छ। बंगलादेशले २ सय ६८ पुरुष र २ सय २ महिला गरि कूल ४ सय ७० खेलाडी मैदानमा उतार्दै छ।
पाँचौ नम्बरमा पाकिस्तानको टिम ठूलो छ। पाकिस्तानबाट १ सय ६७ पुरुष तथा ९९ महिला खेलाडी सहभागी हुँदैछन्। माल्दिभ्स छैटौं नम्बरमा छ। माल्दिभ्सबाट १ सय ९ पुरुष तथा १ सय ७ महिला गरि कूल २ सय १६ खेलाडी सहभागी हुँदैछन्।
भुटान सातौं नम्बरमा छ। भुटानबाट ८६ पुरुष तथा ३० महिला गरि कूल १ सय १६ खेलाडी सहभागी हुँदैछन्।