सेभिल्ला लालिगाको दोस्रो स्थानमा

तस्बिरः एजेन्सी

सेभिल्ला स्पेनीस लिग लालिगाको दोस्रो स्थानमा उक्लिएको छ।

आइतबार भएको खेलमा सेभिल्लाले आफ्नो घरमा लेगानेसलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो।

घरेलु मैदानमा सेभिल्लालाई जिताउन खेलको ६३ औं मिनेटमा डिएगो कार्लोस सान्तोष सिल्भाले गरेको एक मात्रै गोल निर्णायक बन्यो।

जितसँगै सेभिल्लाले १५ खेलबाट ३० अंक बनाएर दोस्रो स्थानमा उक्लिएको हो। सेभिल्लाले बार्सिलोनाभन्दा दुई र शीर्ष स्थानको रियल मड्रिडभन्दा एक खेल बढी खेलेको छ।

मड्रिडको १४ खेलबाट ३१ अंक छ भने बार्सिलोनाको १३ खेलबाट २८ अंक छ। यता, पराजित लेगानेस ६ अंक बनाएर लिगको २० औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-01 21:08:03

प्रतिकृया दिनुहोस्