सागमा नेपालको स्वर्णको सतक

तस्बिरः बिएल नेपाली सेवा

सन् १९८४ देखि सुरु भएको दक्षिण एसियाली खेलकुद (साग) को ३५ वर्ष लामो इतिहासमा नेपालले सय स्वर्ण जित्ने उपलब्धीलाई चुमेको छ। तेक्वान्दोका संक्षम कार्कीले स्वर्ण जितेपछि नेपालले साग गेम्समा स्वर्णको सतक पुरा गरेको हो। 

सक्षमले पाकिस्तानका वकारअलि शाहलाई पराजित गरेका थिए।

४ वर्षअघि भारतको गुवाहाटीमा भएको १२ औं सागसम्म नेपालले ७१ स्वर्ण जितेको थियो।

हाल काठमाडौंमा भइरहेको १३ औं सागमा २९ स्वर्ण पुरा गरेपछि नेपालले स्वर्णको इतिहास पुरा गरेको हो।

तेक्वान्दोमा बुधबारसम्म नेपालले ११ स्वर्ण जितेको छ। यस्तै करातेमा १०, साइक्लिङमा २, ट्रायथाेलनमा २, एथलेटिक्समा १, उसुमा ३ स्वर्ण जितेकाे छ। 

प्रकाशित मिति: : 2019-12-04 16:32:45

प्रतिकृया दिनुहोस्