इतिहास रचेपछि गौरिकाले भनिन्– नेपाललाई अझै मेडल दिलाउनु छ (भिडियो)

तस्बिरः बिएल नेपाली सेवा

नेपाललाई पौडीमा ऐतिहासिक स्वर्ण दिलाएकी गौरिका सिंहले देशका लागि अरु पदक जित्ने बताएकी छिन्।

२ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेपछि पत्रकारहरूसँग घेरिएकी गौरिकाले भनिन्–‘अहिले अन्तर्वार्ता दिन मिल्दैन। सबै गेम सकेर मात्र इन्टरभ्यू गर्ने। मेडल लिनुपर्छ फेरि नेपाललाई। अहिले कुरा गरेर भयो त।’

गौरिका ३५ वर्ष लामो साग गेम्सको इतिहासमा स्वर्ण जित्ने पहिलो पौडी खेलाडी बन्न सफल भएकी छिन्। सन् १९८४ देखि सुरु भएको साग गेम्समा अहिलेसम्म एकल स्पर्धामा कुनै नेपाली खेलाडीले स्वर्ण जित्न सकेका थिएनन्।

गौरिकाले २ सय मिटरको दुरी २ मिनेट ०५ दशमलव ०६ सेकेन्डमा पुरा गरेर स्वर्ण जितिन्। उनले हिट्स २ मिनेट ०९ दशमलव १९ सेकेन्डमा पुरा गरेकी थिइन्।

गौरिकाले भारतीय पौडीबाजलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।

नेपालले २० वर्षपछि पौडीमा स्वर्ण जितेको हो। सन् १९९९ मा काठमाडौंमै आयोजना भएको आठौं सागमा नयना शाक्यलगायतले टिम इभेन्टमा स्वर्ण जितेका थिए। त्यसयता कुनै नेपाली खेलाडीले सागमा स्वर्ण जित्न सकेका थिएनन्।

गौरिकाले चार वर्षअघि भारतमा भएको १२ औं सागमा ४ रजत जितेकी थिइन। उनले यसपालि रजतलाई स्वर्णमा परिवर्तित गरेकी हुन्।

१३ औं सागमा नेपालका लागि स्वर्ण पदक विजेताहरु :

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल

२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की

३०. उसु (थाउलो-नान्दौ) – निमा घर्तीमगर

३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ

३२. साइक्लिङ (क्रस कन्ट्री)-बुद्धिबहादुर तामाङ

३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह

३४. तेक्वान्दो (८७ केजी) – भुपेन श्रेष्ठ

३५.. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी

३६. उसु (सान्सो ५६ केजी) - जुनी राई

* बोल्डमा आज जितेका स्वर्ण पदकहरू

प्रकाशित मिति: : 2019-12-05 17:53:26

प्रतिकृया दिनुहोस्