अजयको विज्ञापनको पछाडि लाग्दा ‘फ्यान’लाई क्यान्सर

जयपुरका एक क्यान्सर पीडितले बलिउड स्टार अजय देवगनलाई सूर्तीजन्य उत्पादनको विज्ञापन नगर्न आग्रह गरेका छन्।

४० वर्षीय नानकरामको परिवारका अनुसार उनी अजयका यति ठूलो शुभचिन्तक हुन्, अजयले गर्ने कुनै पनि सूर्तीजन्य पदार्थ नछुटाइ नियमित सेवन गर्दथे।
तर, क्यान्सर भएपछि उनलाई महसुस भयो, सूर्तीजन्य पदार्थको प्रयोगले उनको जीवन बर्बाद भयो।

नानकरामले हालै जयपुरस्थित टाउन सांगनेर र जगतपुरालगायत वरिपरीको क्षेत्रमा करिब एक हजार पम्प्लेट भित्ताहरूमा टाँसेका छन्। पम्प्लेटमा उनले अजय देवगनलाई प्रश्न गरेका छन्, उनी र उनको परिवार कति पान–मसला चपाउने गर्छन।

नानकरामका छोरा दिनेश मिणाले मिडियालाई बताए अनुसार उनको बुवाले केही बर्षयता देखि अजय देवगनले प्रचार गर्ने सूर्तीजन्य पदार्थको नियमित सेवन गर्न थालेका थिए।

‘क्यान्सर भएपछि बुवालाई लाग्यो अजय जस्ता स्टारले यस्तो विज्ञापनमा सहभागी हुनु हुँदैन। उहाँ अजयको ठूलो फ्यान हो,’ दिनेश मिणाले बताए।

नानकरामको पम्प्लेटमा रक्सी, सिगरेट र सूर्तीजन्य पदार्थको विज्ञापन खतरनाक छ भनेर लिखिएको छ। दुई केटाकेटीका बुवा नानकरामको चियाको पसल छ।
क्यान्सरका कारण उनी बोल्न सक्दैनन्। त्यसैले उनी परिवारको रेखदेखका लागि हिजोआज दुध बेच्ने काम गर्छन्।

सूर्तीजन्य पदार्थको विज्ञापन गरेकोमा दिल्ली सरकारले २०१६ मा अजय देवगनलाई नोटिस पठाइसकेको छ। जसमा उनलाई सिगरेट तथा अन्य सूर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह गरिएको थियो।

प्रकाशित मिति: : 2019-05-06 23:16:17

प्रतिकृया दिनुहोस्