आफूलाई लागेकाे आराेपमा ज्याेति मगर भन्छिन्–म विन्दास गायिका

फाेटाे: ज्याेती मगर

गायन क्षेत्रमा मात्र नभएर मोडलिङमा समेत विशिष्ट पहिचान बनिसकेको छ। तपाईंलाई कसैले हट गायिका प्लस डान्सर को हो?  भनेर सोध्यो भने सायद सास नफेरेरै भन्दिनु हुन्छ, ज्योती मगर भनेर।

उनी आफूलाई व्यापारी भन्न रुचाउँछिन्। ‘सङ्गीतकर्मी व्यापारी जस्तै हो। हामीले बजारमा हरेक गीत ल्याउँछौं। कस्तो गीत सुन्ने, कस्तो नसुन्ने त्यो दर्शक र स्रोताको हातमा हुन्छ,’ उनी थप्छिन् ‘मैले गाएका गीतहरु दर्शक, स्रोताहरुले मन पराइदिनु हुन्छ म यसमा औधि खुसी छु।’

हट मोडल र गायिका ज्योति मगर रोल्पाको त्रिवेणी नगरपालिका –२ मा जन्मिएकी हुन। घरकी कान्छी। रोल्पा सदरमुकामको सामुदायिक विद्यालयमा कक्षा आठसम्म पढेकी उनी माओवादी युद्धको प्रभाव पर्न थालेपछि पढ्न दाङ झरिन्।

याे पनि हेर्नुहाेस।

यूएनको सेतो गाडी हाक्ने नेपाली चेलीहरू (भिडियाे सहित )

त्यसबेला उनी १३, १४ वर्षकी मात्र थिइन। त्यो कति सालको कुरा हो उनलाई खास याद छैन। यत्ति थाहा छ, त्यो बेला देशमा युद्धले भयानक रुप लिइरहेको थियो। माओवादी बुर्जुवा शिक्षा भन्दै गाउँमा बस्नेलाई पढ्न दिदैन थिए। शहरमा भने समस्या थिएन। त्यसैले उनी दाङ झरेकी थिइन।

ज्योतीलाई बुर्जुवा शिक्षा वा जनवादी शिक्षाबारे केही थाहा थिएन। जतिबेला पनि माओवादी र प्रहरीको भिडन्त मात्र सुन्थिन्। को, कतिबेला, कहाँ, के हुने हो ? अत्तोपत्तो हुँदैनथ्यो। बम र बन्दुकको आवाज ड्याङ डुङ् सुनिन्थ्यो। गाउँ पुरै आतंकित। तनाव थियो।

‘हामी त साना थियौँ। भाग्नका लागि हात खुट्टा चल्दैन्थे,’ कारुणिक दृश्यलाई सम्झिदै उनी भन्छिन् ‘एकदिनको कुरा हो म घरमै थिए। आकाश माथि प्लेन उडिरहेको थियो। तलबाट माओवादीहरुले तोप र गोली पड्काइरहेका थिए।’

त्यो त्रासको दृश्यले बाबा र आमाले सल्लाह गरेर रातारात केही साथीहरुसँग भगाए। आफू जन्मेको प्यारो ठाउँलाई अनायसै छोड्नुपर्दा उनलाई नरमाइलो लागेको थियो। देशको बिग्रदाे राजनीतिका कारण आफ्नै देशभित्र विस्थापित भएका थिए, उनीहरु।

याे पनि हेर्नुहाेस।

त्यो एक समय थियो, राजा वीरेन्द्र गीत गाउन बोलाउँथेः लोक गायक कृष्ण कँडेल

नेपाल कुबेतसँग ७-० ले पराजित : यसपटक पनि जन्मिएन अर्को 'घले'

दाङमा केही आफन्त भएका कारणले उनलाई खासै गाह्रो भएन। केही महिनासम्म आफन्तको घरमा बसेकी उनी पछि कोठा खोजेर बस्न थालिन्। समय वित्दै जाँदा धेरै मान्छेहरुसँग घुलमिल हुँदै गइन्। गीत सानैदेखि गाउने हुनाले स्टेज प्रोग्रामहरुमा पनि जान थालिन्।

सानै देखि लोक गीत गुन्गुनाउने ज्योति २०६३ सालमा दाङबाट काठमाडौं आइन्। त्यबेला उनको आँखामा मिठो सपना थियो। गायिका बन्ने। साथसाथै पढ्ने सोच पनि राखेकी उनले ल क्याम्पसमा नाम पनि लेखाइन्। तर भने जस्तो काहाँ हुन्छ र ? उनले फिक्का हाँसो हास्दै भनिन् ‘नाम त लेखाइयो तर राति दोहोरी साँझमा काम गर्नु परेकाले पढ्न पाइएन। हुन त पहिला नै तहल्का पिटिसकेकाले अरु कलकारहरुलाई जस्तो उनलाई संगीतकर्ममा जम्न गाह्रो भएन।’

संयोग भन्नु वा भाग्य। उनको जादुयी स्वर पहिलो दिन दोहोरी साँझमा गुञ्जिदाँ पहिलाे दिन नै टिप्सकाे रुपमा पैसा पाइन। उनी मख्ख। समय सँधै एउटै गति उहि रफ्तारमा कहाँ चल्छ र! 

मान्छे स्वभावैले असन्तोषी हुन्छ। हुन त सन्तोष हर चिजको शत्रु हो। त्यसैले उनले आफूलाई दोहोरी साँझको कलाकारमा मात्र सिमित राखिनन्। गीत रेकर्ड गर्ने स्टुडियो खोज्न थालिन्।

याे पनि हेर्नुहाेस।

नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)

सुरुमा उनको स्वरलाई कसैले वास्ता नगर्दा, ‘तिमी त स्टेजको लागि मात्र फिट छौ’ भन्दा, नरमाइलो लाग्थ्यो। तरपनि हिक्मत हारिनन्। संघर्षको मैदानमा उत्रिएपछि कि मरेर जान्छु की गरेर खान्छु भन्ने हुन्छ। ज्योतीले त्यहि गरिन्। गीत रेकर्ड पनि भयो। सुरुका गीतहरु उति चलेनन्। फलप भए। समय एकाएक बदलियो। जब गायक रामचन्द्र कालेसँग गाएको ‘उई मुलाको सिङ्की, उई मुलाको चाना’ बोलको गीत बजारमा आयो। त्यपछि त ज्योतीको बजार एकाएका चम्क्यो।

उनका स्रोता र दर्शकहरु बढे। उनी दर्शक र स्रोताको धनि भइन्। टुबोर्ग दोहोरी प्रतियोगितामा उनको समूह चौथो भयो। तरपनि उनले गायिकाको उपाधि पाइसकेकी थिइन। त्यस बेला एउटा पत्रिकाले फ्रन्ट पेजमा उनको फोटो छाप्यो। त्यसपछि उनको जीवनले यूू–टर्न मार्यो।

उनलाई सफलताको कुनै सीमा हुँदैन भन्ने लाग्छ। उनको ढाडे बिरालो, जिम्वाल बाउकी छोरी जस्ता गीतहरुले बजार पिटेकाे थियाे। 

त्यति मात्र नभएर छोटो लुगा, अनेकार्थी शब्दहरुमा दोहोरी गाएका कारण उनी धेरैपटक विवादमा परिन् । उनलाई विभिन्न तह र तप्काबाट आलोचना पनि भैरहेको छ। कहिले काहीँ त सिङ्गो लोक संस्कृतिलाई नै बिगारेको आरोप पनि भाेग्दै आएकी छिन्। उनी आफूलाई लागेको आरोपको खण्डन गर्छिन्– ‘मैले लगाएको स्कटले लोक गीत बिगारे जस्तो मलाइ लाग्दैन। जसलाई जुन लुगा कम्फटेबल हुन्छ उसले त्यही लगाउँछ। मैले पनि त्यही गरें ।’

याे पनि हेर्नुहाेस।

१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

उनकाे भनाई छ, ‘मलाइ मन पराउने दुई प्रकारका दर्शकहरु छन्। एक, मेरो गीत र नाचलाई मन पराउने, दोस्रो मैले गाएको गीत सुन्ने पनि। कुरा काट्ने, खुट्टा तान्ने प्रवृति सङ्गीत क्षेत्रमा पनि रहेको छ।’

पहिले यस्तो कुराले उनलाई दु:खी पनि बनाउँथ्यो। नजिकका साथिहरुले नै कुनै ठाउँको कार्यक्रमलाई बिथोल्नका लागि अनेकौं परपञ्च रच्थे। उनलाई तिरस्कार गर्न डिएस्पी, एसपीलाई समेत फोन गरिदिएर अप्ठ्यारोमा पार्ने काम गरिदिन्थे। तर अप्ठ्याराहरुसँग लड्दै आएकी ज्याेतीलाई त्यसकाे कुनै प्रभाव परेन। भनिन् ‘म मेरो उज्यालो मात्र दर्शकहरुका लागि पस्किन्छु। अँध्यारोपन त म सँगै हुन्छ।’

हुन त लोकतन्त्र, गणतन्त्र आयो भन्ने गरेको उनले सुन्दै आएकी छिन। ‘म जस्ता ज्योतीहरु बलात्कृत हुनु परेको छ। जब म यी कुरा सम्झिन्छु अनि रुन मन लाग्छ।’ उनी अक्टोबरमा कार्यक्रम कै दौरानमा कोरिया जान लागेकी छिन। कुनै बेला होटलमा आफूलाई गरेको नराम्रो व्यवहार तर्फ इंकित गर्दै उनी भन्छिन् ‘महिला बलियो हुनु पर्छ। नत्र सबैले हेला गर्छन्। म त बोल्न सक्ने थिए। प्रतिकार गरे। तर जुन महिला डराउने हुन्छ, उसले के गर्छे होला?’

उनको गीतमा सम्प्रेसित अनेकार्थि शब्दलाई अन्यथा बुझ्नेहरुलाई भने उनी प्रश्न गर्न चाहन्थिन्। पुरुषहरुले जस्तो गीत गाए पनि कसैले प्रतिकार गर्दैन तर महिलालाई भने अनेक कोणबाट टिप्पणी गर्न थालिन्छ। यो ठूलो विडम्बना भएको उनलाई लागिरहेको छ।

याे पनि हेर्नुहाेस।

मृगौला प्रत्यारोपण गरेका धुव्र विक्रम जसले विश्व कीर्तिमानी खेलाडी जन्माए (भिडियो रिपोर्ट)

छोटो लुगा र दोहोरीमा हुँदा अडियन्सको ताली सँगसँगै गाली पाएकी मगरलाई हेर्नका लागि दर्शकहरुको भिड लाग्ने गर्छ। उनको गीत सुन्न र उनलाई हेर्नका लागि दर्शकहरु तछाडमछाड गर्छन्।

छोटो लुगाको विषयमा टिप्पणी बढी गरिएको भएपनि उनलाई आफूले छोप्नुपर्ने अङ्गहरु छोपेकै लाग्छ तर विडम्बना बजारमा हल्ला चल्छ, ज्योतीले यो देखाइ, उ गरि भनेर । उनी त्यस्ता टिप्पणीलाई कुनै हालतमा स्वीकार गर्दिनन्।

उनले भनिन् ‘त्यो सबै वाहियात हो, यदि मैले लुगा खोल्ने, देखाउन नहुने देखाउने भए त सबै आँखा छोपेर भाग्थे होला।’

दाङको सामुदायिक विद्यालयबाट २०६३ सालमा एसएलसी दिएकी उनी भन्छिन् ‘म देश, काल, परिस्थितिसँगै चल्न जानेकी छु। कुन ठाउँमा कस्तो लुगा लगाउन पर्छ भन्ने मलाई राम्रो सँग थाहा छ। ग्रामीण भेगहरुमा जाँदा म्याक्सी र गुनिउ चोली लगाएर पनि त गएकी हुन्छु नी। यसको विषय बोलेको खै त।’

उनी आफूलाई विन्दास ठान्छिन्। आफ्ना अडियन्सहरुलाई सकेसम्म बढी रमाइलो गराउन चाहन्छिन्। लोक दोहोरी आफूले लगाउने गरेको लुगाले विकृत नहुने उनको स्पष्टोक्ति छ।

राम्रो कुराको भन्दा पनि नराम्रो कुराको चर्चा चल्दा उनको मन खिन्न हुन्छ। उनलाई आफ्नाे गीत र प्रस्तुति प्रति कुनै गुनासो छैन। यौनको विषयमा दर्शक र स्रोता बीच खुलेर कुरा गर्ने ज्योतीले लोक गीत मात्र नभएर तीज गीत पनि उत्तिकै गाएकी छिन। अन्य वर्षहरुको तुलनामा यो वर्ष धेरै गीत निकाल्ने उनको योजना छ।

 

प्रकाशित मिति: : 2019-09-06 08:40:25

प्रतिकृया दिनुहोस्