फरवार्ड रेजिनले भुटानविरुद्धको फाइनल खेल गुमाउने

फाइल तस्बिर: बिएल

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड रेजिन सुब्बाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार हुने भुटानविरुद्धको फाइनल खेल गुमाउने भएका छन्। 

रेजिनले लिग चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतियोगिताको दोस्रो पहेंलो कार्ड खाएपछि अन्तिम खेल गुमाउने भएका हुन्। त्यसअघि उनले श्रीलंकाविरुद्ध खेलमा पनि पहेंलो कार्ड खाएका थिए।

नेपालको लागि उमेर समूहका टोलीमा राम्रो प्रदर्शन गरेका रेजिन यू–१९ टोलीको कप्तान समेत हुन्। लिग चरणमा भुटानविरुद्ध पहिलो खेलमा रेजिन बेन्चमा रहँदा प्रशिक्षक बालगोपाल महर्जनले टोलीमा नितिन थापालाई मौका दिएका थिए। त्यसैले रेजिनको स्थानमा प्रशिक्षकमहर्जनले नितिनलाई खेलाउन सक्नेछन्।

खेल दशरथ रंगशालामा दिउँसो ३ बजे हुनेछन्।

प्रकाशित मिति: : 2019-12-10 11:45:30

प्रतिकृया दिनुहोस्