नेपालले आफ्नै पानी जहाज चलाउन पाउने

प्रतिकारत्मक तस्बिर

भारतले नेपालको तेस्रो मुलुकसँगको व्यापारमा सहजीकरण गर्ने भएको छ। दुईदेशबीचको पारवहनसन्धि संशोधन गर्दै नेपाललाई थप सुविधा उपलब्ध गराउने भएपछि भारतमार्फत् हुने वस्तु ढुवानी झनै सस्तो हुने भएको हो।

मंगलबार राजधानीमा सुरु भएको दुईपक्षीय वार्तामा भारतीय पक्षले भारतको तीनवटा जलमार्ग चलाउन र थप दुई नाकामार्फत् बल्क कार्गो ढुवानीको सुविधा दिने सैद्धान्तिक सहमति दिएको हो। योसँगै नेपालले कम्तिमा भारतीय जलमार्गमा आफ्नै पानीजहाज चलाउन पाउनेछ ।

अब नेपालले आफ्नै पानी जहाज चलाउन पाउने गरि पारवहन सन्धि संशोधनका लागि समझदारी पत्रमा हस्ताक्षर हुनेछ। सन्धि संशोधनपछि तेस्रो मुलुकसँगको व्यापारका लागि नेपाली पानी जहाज चलाउन तीनवटा रुट प्राप्त हुनेछन्। नेपाली पानी जहाजले कलकत्ता–कालुघाट, कलकत्ता–साहिबगञ्ज र कलकत्ता–बनारससम्म सञ्चालनको अनुमति पाउने छ।

यसअघि गंगा जलमार्गमा नेपाली पानीजहाज चलाउने सम्बन्धि लेटर अफ एक्सचेन्ज (एलओई)मा भारतीय पक्षले सहमति जनाइसकेको छ।

टोलीले आज पारवाहन सन्धि पुनरावलोकन सम्बन्धी समझदारीमा हस्ताक्षर गर्नेछ। यी विषयहरु प्राविधिक कमिटीले समझदारी पत्रमा हस्ताक्षर गरेपछि पारवाहन सन्धिको मुल धारामै समावेश गरिनेछ।।

यता वार्ता छलफल गरिएको अर्को विषय भारतीय बन्दरगाह प्रयोगमा भने भारतीय पक्षले लिखित सहमति जनाएको छैन। वैठक आज पनि चल्ने भएकाले त्यस विषयमा पनि केही सहमति हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: : 2019-11-27 11:00:16

प्रतिकृया दिनुहोस्