प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड ग्राण्डीमा

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ग्राण्डी अस्पताल पुगेका छन्।

नेकपा अध्यक्ष प्रचण्ड केही समय अगाडि मात्रै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन् ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीलाई भेट्न बिहीबार नै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल पनि ग्राण्डी पुगेका थिए। तर उनीहरूले प्रधानमन्त्रीलाई भेट्न भने पाएनन्।

प्रधानमन्त्रीको डायलासिस जारी रहेकाले आफूले नभेटी फर्किएको नेकपा नेता भीम रावलले बताए। उनी बिहीबार दिउँसो सवा १ बजे अस्पताल पुगेका थिए।

'प्रधानमन्त्रीलाई डायलासिस गरेकाले मैले भेट्न मिलेन।अहिले केही समयपछि आउँछु भनेर अस्पतालबाट फर्किएँ', रावलले भने,'सबै चिकित्सकहरू व्यस्त रहेकाले मैले उहाँहरूसँग पनि बुझ्न पाइनँ ।'

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि आजै प्रधानमन्त्री भेट्न ग्रान्डी पुगेका थिए। तर डायलासिस भइरहेकाले उनले पनि प्रधानमन्त्रीसँग भेट्न पाएनन्।

‘म अस्पताल पुगेको थिएँ। तर प्रधानमन्त्रीसँग भेट हुन पाएन। अस्पतालका निर्देशक चक्रराज पाण्डेजीसँग कुरा भयो। उहाँले प्रधानमन्त्रीको स्वास्थ्य राम्रो छ भन्नुभयो,’ श्रेष्ठले भने।

बुधवार (हिजो) ग्राण्डी अस्पताल भर्ना गरिएका प्रधानमन्त्री ओलीको आज पुन डायलाइसिस गरिदैछ ।पहिलोपटक गरिएको डायलाइसिस गरिएपनि त्यसबाट सुधार नभएपछि आज पुन डायलाइसिस गरिएको अस्पताल श्रोतको भनाइ छ ।

श्रोतका अनुसार प्रधानमन्त्रीको रगतमा क्रियाटिनको मात्रा बढी देखिएको छ र डायलाइसिसबाट पनि सुधार आएको छैन ।यदि डाइलाइसिस गर्दा पनि मिर्गौलामा पुनः समस्या देखिए मिर्गौला प्रत्यारोपणको तयारी गरिएको अस्पताल स्रोतले बताएको छ ।

प्रधानमन्त्रीको शरीर केही फुलेको र सामान्य ज्वरो पनि आइरहेको छ ।हिजो अस्पताल पुगेसँगै ओलीलाई आइसीयूमा राखिएको थियो ।

बुधबार नै अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नेफ्रोलोजी अध्यक्ष एवं प्रधानमन्त्रीकी निजी चिकित्सक डा। दिव्या सिंह शाहले जारी गरेको प्रेस नोटमा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको र आजै राति वा भोलिसम्म डिस्चार्ज हुने उल्लेख गरिएको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन अस्पताल प्रशासन र चिकित्सकहरुलाई समेत रोक लगाइएको छ ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गरियो ।

२० भदौमा स्वदेश फर्किएका उनी पाँच दिनपछि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्लाज्माफेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर निकालियो ।

२ कात्तिकमा फेरि अस्पताल पुगे । ग्राण्डी अस्पतालमा दिनभर बसेर फर्किएका थिए तर निजी चिकित्सक डा। सिंहले नियमित स्वास्थ्य जाँच मात्र भएको बताएकी थिइन् ।

बुधबार पनि उनी नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेको र छिट्टै फर्किने बताइएको थियो । तर आकस्किम रुपमा डायलासिस गरिएको छ ।

यो पनि

प्रधानमन्त्री ओलीको दोस्रो पटक डायलाइसिस गर्ने तयारी

प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस गरियो, केहीदिन अस्पतालमै रहने

प्रकाशित मिति: : 2019-10-31 15:18:52

प्रतिकृया दिनुहोस्