अक्सिजनकाे अभाव हुँदा ट्याङ्की सफा गर्न गएका ४ ले गुमाए ज्यान (भिडियाे सहित)

तस्बिरः बिएल

मोरङको सुनवर्सी नगरपालिका–९ स्थित मुस्लिम बस्तीमा रहेको मस्जिदको सेफ्टी ट्याङ्की निर्माण गर्ने क्रममा ४ जनाले ज्यान गुमाएका छन्।

शनिबार सेफ्टी ट्याङ्की निर्माण गर्ने क्रममा जमीन मुनी प्रवेश गरेका ४ मजदुरको अक्सिजनको मात्रा कम भएपछि निधन भएको हो।

अक्सिजनको मात्रा कम भएपछि बेहोस भएको अवस्थामा प्रहरीले विराटनगरस्थित मोरङ जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय मोङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार ज्यान गुमाउनेमा सुनवर्सी नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ६० का मोहम्मद कपिल आलम, वर्ष १९ का सहनवाद आलम , वर्ष २२ का मोहम्मद ओसिब आलम र वर्ष २५ का फिरोज आलम हुन्।

अर्का एक दाउत मियाँको रंगेली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-06-30 17:41:38

प्रतिकृया दिनुहोस्