डोटी, जिल्लाको पश्चिमी क्षेत्रस्थित आदर्श गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा छजना घाइते भएका छन्। उक्त गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से १ च ९१७ नं को जीप गजेडा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
घाइते छ मध्ये चालक कटक सितालको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए। भिरालो तथा चिप्लो सडक भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। घाइतेहरुलाई उपचारका लागि अस्पताल ल्याउने तयारी भइरहेको दिपायलस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कमलापति पन्तले जानकारी दिए। जीप सडकबाट करीब पाँचसय मिटर तल खसेको थियो।