राष्ट्रपति सीको भ्रमणको पूर्वसन्ध्यामा १८ शंकास्पद व्यक्ति पक्राउ, शरणार्थी क्याम्पहरुमा प्रहरी परिचलन

बिएल

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रहरीले १८ शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा केही तिब्बती शरणार्थी र केही बिरोध गर्न तयारी गरेका व्यक्ति रहेका छन् ।

पक्राउ परेकाहरुबाट फ्रि–तिब्बतको झण्डालगायत शंकास्पद वस्तुहरु फेला परेको उनले बताए ।

चिनीया राष्ट्रपतिको सुरक्षालाई ध्यानमा राखि प्रहरीले काठमाडौंसँग जोडिने बिमानस्थलमा समेत सुरक्षा ब्यवस्था कडा पारेको छ।नेपालगंज, भैरहवा, पोखरा, बिराटनगर सिमरा लगाएका बिमानस्थल हुँदै काठमाडौं भित्रिने यात्रु र सर सामानको समेत चेकिङमा कडाइ गरिएको छ । यस्तै काठमाडौं भित्रिने बसहरुमा समेत प्रहरीले अनुगमन बढाएको छ ।

यता बौद्ध लगायतका क्षेत्रमा ठूलो मात्रामा प्रहरी परिचलन गरिएको छ ।यस्तै, गण्डकी प्रदेशका ५ जिल्लामा रहेका तिब्बती शरणार्थी क्याम्पहरुमा पनि सुरक्षा निगरानी बढाइएको छ । पोखरा, तनहुँ, बाग्लुङ, मुस्ताङ र मनाङमा रहेका शरणार्थी क्याम्पमा प्रहरी परिचान गरिएको प्रवक्ता बोगटीले बताए ।

प्रकाशित मिति: : 2019-10-11 13:10:02

प्रतिकृया दिनुहोस्