अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर काठमाडौं पनि मनाइयो छठ (भिडियोसहित

Photo Credit :RSS

रासूर्यदेवको श्रद्धाभक्तिपूर्वक आधना र पूजा गरी मनाइने छठपर्व काठमाडौंमा पनि मनाईएको छ ।

काठमाडौंको कमलपोखरी, गुह्येश्वरी ,बाग्मती किनारा लगायतका स्थानमा छठको रौनक छाएको छ । छठपर्वका अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारी कमलपोखरी,गुहेश्वरी लगायतका स्थानमाको भ्रमण गरेकी छिन् । उनले पूजाअर्चना गर्नुका साथै अस्ताउँदो सूर्यलाई अर्घ्य समेत दिएकी थिइन् ।सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलगायत उपस्थित थिए। 

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो।

छठका अवसरमा गौरीघाट, गुह्येश्वरी क्षेत्रको बागमती नदीमा सरसफाइका साथै ध्वजापताका र झिलिमीलि बत्तीले सजाइएको छ । छठपर्वको मुख्य दिन शनिबार भक्तालुले पूजा सामग्री, फलफूल र मिठाइका साथ बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा सुरु गरेका छन् ।

त्यस्तै आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको हो ।कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ।

प्रकाशित मिति: : 2019-11-02 17:40:41

प्रतिकृया दिनुहोस्