बाबाकी पत्नी शारदालाई ५ दिन हिरासतमा राख्न अदालतको आदेश

फाइल तस्बिर:बिएल

‘अघोरी बाबा’ भनेर चिनिने विजय केसीकी श्रीमती शारदा पाण्डे ५ दिन हिरासतमा रहने भएकी छिन्।

ठगी आरोपमा सोमबार पक्राउ परेकी उनलाई प्रहरीले मंगलबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो। अदालतले शारदाविरुद्ध सुनुवाई गर्दै ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

बाबाकी पत्नी शारदाले बिगतमा १ वर्ष अगाडी आफ्नै लोग्ने पूर्वपति गोविन्द अधिकारीसँग बिहे गरि अमेरिका लान्छु भन्दै आफुलाई फसाएको बिन्दु न्यौपानेको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी बृत बौद्धका डिएसपी रमेशबहादुर सिंहले जानकारी दिए।

प्रकाशित मिति: : 2019-11-12 18:05:41

प्रतिकृया दिनुहोस्