पूर्वी चितवनमा ट्रककाे ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु

बिएल

पूर्वी चितवनको राप्ती नगरपालिका-८ खुरखुरेमा बिहीबार दिउँसो ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

हेटौंडाबाट नारायणगढ आउँदै गरेको ना ६ ख १४४ नम्बरको ट्रकले ना १४ प १६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक २२ वर्षीय विवेक चौधरीको मृत्यु भएको हो।

मोटरसाइकल चालक राप्ती नगरपालिका-६ हर्दिका पृथ्वी केसी भने घाइते भएका छन्। उनलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।

ठक्कर दिने चालक र ट्रकलाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2019-11-28 15:33:52

प्रतिकृया दिनुहोस्