पच्चीस हजार घुससहित गोकर्णेश्वरका वडा सचिव पक्राउ

प्रतिकारत्मक तस्बिर

जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिव (खरिदार) दिनेश बास्कोटा घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग,टङ्गालबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो।

बास्कोटालाई घुस वापत पच्चीस हजार रकम लिइसकेको अवस्थामा गोकर्णेश्वर नगरपालिका वडा नं.६ स्थित लक्षमीनारायण मन्दिरको परिसरबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-28 15:52:29

प्रतिकृया दिनुहोस्