श्रमिकलाई सूचीकृत गर्न दबाबमूलक कार्यक्रम

बिएल

श्रमिकलाई सूचीकृत गर्न संयुक्त ट्रेडयुनियन समन्वय केन्द्रले आज यहाँ दबाबमूलक कार्यक्रम गरेको छ।

‘सम्पूर्ण रोजगार दातालाई आह्वान समाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ भन्ने नाराकासाथ संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सो कार्यक्रम अनुरुप रोजगार प्रतिष्ठान मोरङ व्यापार सङ्घलाई दबाबसँगै ध्यानकर्षण गराएको हो।

पटक–पटक सूचीकरणका निम्ति समय थप गरिरहँदा पनि श्रमिकको त्याग र संघर्षवाट आएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा उद्योग प्रतिष्ठान सूचिकृत नगराउनु घोर आपत्ति रहेको जनाउँदै मोरङ व्यापार संघको श्रमिकले ध्यानाकर्षण गराएका हुन्।

संयुक्त ट्रेडयुनियन समन्वय केन्द्रका अध्यक्ष किशोर धमलाले नयाँ श्रम ऐन लागू गर्न, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा प्रतिष्ठान सूचिकृत हुनुपर्ने, मजदूरहरुले पाउनुपर्ने अधिकार दिनुपर्ने र अन्यथा सम्पूर्ण ट्रेड युनियन तथा श्रमिक चरणबद्ध आन्दोलनमा जाने बताए।

ट्रेड युनियन महासङ्घ समाजवादी फोरमका अध्यक्ष महोम्मद सदरुल मियाँले सरकारले दिएको सेवाबाट वन्चित गर्न नपाइने बताए।(रासस)

प्रकाशित मिति: : 2019-11-28 16:33:02

प्रतिकृया दिनुहोस्