जहाँ ५ सय किलोको हात्तीबाट मान्छेले मसाज गराउँछन् (भिडियो)

तस्बिरः बिएल

पर्यटनका हिसाबमा विश्वको १० औं उत्कृष्ट गन्तब्य सूचीङ्गा पर्ने थाईल्याण्ड नेपालीसहित विश्वका अधिकांश व्यक्तिको पहिलो रोजाई हो। सस्तो सुलभ र सहजै घुम्न सकिने थाईलयाण्डमा वर्षेनी करोडौंको संख्यामा विदेशी पर्यटक भित्रने गर्छन्।

पतया ब्रिज, फुकेट, गोल्डेन टेम्पलदेखि जंगल सफारी वर्ल्डमा दैनिक हजारौं पर्यटकले मनोरञ्जन लिने गरेका छन्।

सवारी पार्कमा रहेका जनावरले देखाउने कलाले सबैलाई मन्त्रमुग्ध गराउँछन्।

थाईल्याण्डको सफारी पार्कमा ५ सय किलोको हात्तीले ५० किलोको मानिसलाई जब समाज गर्न थाल्छ तब उपस्थित दर्शकको आङ सिरिङ्ग हुन्छ। तर, यो वास्तविकता हो।

यहाँ ५ सय किलोको हात्तीले ५० किलोको मानिसलाई सहजै मसाज गर्छ।

थाईल्याण्डको फेमस भनेकै मसाज हो, त्यसैले यहाँ हात्तीलाई मसाज गर्न सिकाउने गरेका रहेछन् ।

मसाज मात्र होइन, मानिसले गरेको जस्तै पेन्टिङ समेत हात्तीले गर्छन्।

यस्तै हात्तीका विभिन्न क्रियाकलाप, सानो घेरा भित्र बल खेल्नेदेखि डान्स गर्ने सम्मका क्रियाकलाप हात्तीले गर्दा रहेछन्।

यहाँ हात्तीले पार्क घुम्न आउनेलाई स्वागतदेखि आधाघन्टासम्म विभिन्न रमाइला क्रियाकलाप देखाएर बैंककमा पर्यटकको बसाई लम्बाउन सहयोग गरेको छ।

प्रकाशित मिति: : 2019-06-01 13:10:46

प्रतिकृया दिनुहोस्